अन्य भाषाहरूमा पढ्नुहोस्।
यस प्रोजेक्टले शुरुवातकर्ताहरूले आफ्नो पहिलो योगदान गर्ने तरिकालाई सरल बनाउने र मार्गदर्शन गर्ने लक्ष्य राखेको छ। यदि तपाईं आफ्नो पहिलो योगदान गर्न खोज्दै हुनुहुन्छ भने, तलका चरणहरूको पालना गर्नुहोस्। हामी पहिलो योगदान (contribution) को लागि यसै repository को प्रयोग गर्नेछौ ।
यदि तपाईं कमाण्ड लाइन (command line) सँग सहज हुनुहुन्न भने, यहाँ GUI tool हरु प्रयोग गर्ने Tutorial हरु छन्।
यदि तपाईंसँग तपाइँको कम्प्यूटरमा git छैन भने, यहाँबाट install गर्नुहोस्।
यस page को Top मा रहेको Fork बटनमा क्लिक गरेर यो repository लाई Fork गर्नुहोस। यसले तपाईंको GitHub account मा यस रिपोको प्रतिलिपि(copy) बनाउदछ ।
अब Fork गरेको repository लाई आफ्नो कम्प्युटरमा Clone गर्नको लागी तपाइको GitHub account मा जानुहोस् र Fork गरिएको Repository खोल्नुहोस्। अब Code बटनमा क्लिक गर्नुहोस् र त्यसपछि copy to clipboard आइकनमा क्लिक गर्नुहोस्।
टर्मिनल खोल्नुहोस् र निम्न git कमाण्ड चलाउनुहोस्:
git clone "तपाइले copy गरेको URL"जहाँ "तपाइले copy गरेको URL" छ, त्यो तपाईले fork गरेको repository को url हो । ( Url प्राप्त गर्न clone गर्ने चित्रहरुमा हेर्नुहोस्। )
उदाहरणका लागि:
git clone https://github.com/this-is-you/first-contributions.gitजहाँ this-is-you छ, त्यहाँ तपाईंको GitHub username लेख्नुहोस् । यहाँ तपाइँले GitHub बाट तपाईंको कम्प्युटरमा first-contributions repository को file हरु प्रतिलिपि (copy) गर्दै हुनुहुन्छ।
तपाईंको कम्प्यूटरमा Clone गरेको repository को directory लाई खोल्नुहोस् (यदि तपाईं पहिले नै हुनुहुन्न भने):
cd first-contributionsअब git switch कमाण्ड प्रयोग गरेर एउटा branch बनाउनुहोस् :
git switch -c ब्रन्चको-नामउदाहरणको लागि:
git switch -c add-ram-regmi(ब्रान्चको नाममा add शब्दको आवश्यकता छैन, तर यसमा add समावेश गर्न उचित छ किनभने यस branch को उद्देश्य तपाईंको नामलाई contributors को सूचीमा थप्ने हो।)
अब टेक्स्ट एडिटर (text editor) मा Contributors.md फाइल खोल्नुहोस्, यसमा तपाईंको नाम add गर्नुहोस् । तपाईंको नामलाई फाइलका नामहरुको बीचमा राख्नुहोस् , सुरुवात वा अन्त्यमा तपाईंको नाम नथप्नुहोस्। ।
अब फाईल save गर्नुहोस्।
अब यदि तपाई project directory जानुभयो र git status कमाण्डलाई रन (run) गर्नुभयो भने,तपाइँले त्यहाँ परिवर्तन भएका फाइलहरुको सुची देख्नुहुनेछ।
तपाइले भर्खरै बनाउनु भएको branch मा git add कमाण्ड प्रयोग गरी तिनी परिवर्तनहरू थप्नुहोस्:
git add Contributors.mdअब git commit कमाण्ड प्रयोग गरेर तिनी परिवर्तनहरू कमिट (commit) गर्नुहोस्:
git commit -m "Add <your-name> to Contributors list"<your-name> को साटोमा तपाईंको आफ्नो नाम लेख्नुहोला।
git push कमाण्डको प्रयोग गरेर आफ्नो परिवर्तनहरु पुश (push) गर्नुहोस्:
git push -u origin <your-branch-name><your-branch-name> को सट्टामा तपाईले पहिले बनाएको branch को नामको लेख्नुहोस्।
उदाहरणको लागि:
git push -u origin add-ram-regmiयदि push गर्दा केहि समस्या परेमा यहाँ क्लिक गर्नुहोस् :
-
remote: पासवर्ड प्रमाणीकरण (authentication) को समर्थन अगस्ट 13, 2021 मा हटाइएको थियो। कृपया यसको सट्टा personal access token प्रयोग गर्नुहोस्। remote: थप जानकारीको लागी https://github.blog/2020-12-15-token-authentication-requirements-for-git-operations/ हेर्नुहोस्। fatal: 'https://github.com//first-contributions.git/' को लागी प्रमाणीकरण असफल भयो।
GitHub's tutorial मा गएर आफ्नो account को लागी SSH key generate र configure गर्नुहोस्।
यदि तपाईं आफ्नो गिटहब रिपोजिटोरी ( GitHub Repository) मा जानुहुन्छ भने, तपाइँले Compare & pull request बटन देख्नुहुनेछ। त्यस बटनमा क्लिक गर्नुहोस्।
अब pull request पेश गर्नुहोस्।
केहि समयमै म यस प्रोजेक्टको Master branch मा तपाईका सबै परिवर्तनहरू Merge गर्नेछु। परिवर्तनहरू merge भएपछि हजुरले एक notification इमेल(email) प्राप्त गर्नुहुनेछ।
बधाई छ!
तपाईले *Fork* -> *Clone* -> *Edit* -> *Pull Request* कार्यप्रवाह (workflow) पूरा गर्नुभयो, जुन तपाई प्राय: एक योगदानकर्ता(contributor)को रूपमा गर्नुहुनेछ!
तपाईंले योगदान(contribution) दिनु भएकोमा खुशी मनाउनुहोस् र web app मा गएर आफ्नो friends and follower हरूमा पनि शेयर गर्नुहोस् ।
यदि तपाईंलाई थप अभ्यास चाहियो भने, कोड योगदानहरू हेर्नुहोस्।
अब तपाईले अन्य प्रोजेक्टहरूमा योगदान दिन सुरु गर्नुहोस्। हामीले तपाईंले गर्न सक्नुहुने सजिलो समस्याहरू(issues)को साथमा प्रोजेक्टहरूको सूची संकलन गरेका छौ। web app मा प्रोजेक्टहरूको सूची हेर्नुहोस्।
| GitHub Desktop | Visual Studio 2017 | GitKraken | Visual Studio Code | Atlassian Sourcetree | IntelliJ IDEA |
यो project लाई समर्थन गर्ने:





